Posted on

कोरोना कहर
यसरी हुन्छ स्वाब संकलन (फोटो फिचर सहित)
कृष्णमणि बराल÷पोखरा
गण्डकी प्रदेशमा मंगलवार सम्म १ हजार ३ सय ३१ जनाको स्वाब नमुना संकलन भएको छ । जसमा १ हजार ८१ जनाको नेगेटिभ रिपोट आएको छ । यस अघि बागलुङका दुई जनाको पोजेटिभ रिपोट आएका संक्रमित पछिल्लो तीन रिपोट नेगेटिभ आएपछि घर फर्की सकेका छन् ।
दुबै किशारी र महिला बेल्जियमबाट आएका थिए । उनिहरु दुबैको धौलागिरी अञ्चल अस्पतालमा उपचार पछि निको भएर घर फर्केका हुन् । मंगलवार सम्म गण्डकी प्रदेशमा ६ हजार ९ सय ९८ जनाको आरडिटी परिक्षण गराइएको छ ।


गण्डकी प्रदेशको राजधानी पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नमुना परिक्षण हुँदै आएको छ । गण्डकी प्रदेशमा संकलन भएको नमुना पोखरामा परिक्षण हुने गर्दछ । यहँा कोभिड–१९ संग मिल्ने खालको लक्ष्ण देखिएमा नमुना परिक्षणकालागि बिरामीको स्वाब निकालिदै आएको हाे ।

यसरी निकालिन्छ स्वाब ः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षणकालागि स्वाब निकालेर बक्समा राखिदै ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परिक्षणकालाग स्वाब निकालेपछि व्यवस्थित रुपमा बक्समा राखेर र ल्याबमा लगिदै ।
तस्बिरहरु ः कृष्णमणि बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *