Posted on

कृष्णमणि बराल

पोखरा : लकडाउनको कारण भक्तजन नआएपछि फेवातालको मध्यभागमा रहेको तालबाराही मन्दिरका परेवा र मन्दिर छेउमा रहेका तालका माछालाई मन्दिर ब्यस्थापन समितिले नै चारा दिइरहेको छ । सामान्य अवस्थामा पोखराको प्रमुख पर्यटकीय क्षेत्र फेवातालको मध्यभागमा रहेको तालबाराही मन्दिरमा दैनिक सयौं आन्तरिक तथा भारतीय पर्यटक पुग्ने गर्दथे । 

कोभिड-१९ को कारण विश्व नै प्रभावित भएको बेलामा मन्दिर ब्यवस्थापन समितिले मन्दिरमा रहेका परेवा र माछालाई आहारमा उपलब्ध गराइरहेको तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिका कार्यालय सचिव लक्ष्मण पहारीले बताए । मन्दिर नजिकै तालमा रहेका माछा र परेवालाई गरेर तीन दिनमा ५० केजीको एक बोरा दना सकिने गरेको उनले सुनाए । परेवालाई चाराको अभाव भएको होला भनेर कहिले काहीँ ब्यक्तिगत रुपमा स्थानीयले छुट्टै दाना दिने गरेको पनि उनले बताए । 

परेवालाई दान दिँदा मन्दिर छेउका माछालाई पनि दाना पहिलेदेखि नै भक्तजन र मन्दिर ब्यवस्थापन समितिले दिइरहने भएकोले माछालाई पनि दाना दिइरहेको उनले सुनाए ।  तालवाराही मन्दिरमा साढे तीन सयदेखि ४ सय परेवा रहेको पनि उनले बताए । 

तस्वीरहरु : कृष्णमणि बराल

  • अन्नपूर्ण अनलाइनकाे ४ जेठ मा छापीएका समाचार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *